असोज २८,२०८१ / ०२ : २१ पूर्वान्ह / 2024-10-14 02:21 am
      • param ad
      • furniture
      • veera Incorporation

      डेंगु देखि सावधान !

      - १ वर्ष अगाडि
      असार २६,२०८०

      डेंगु लामखुट्टेको टोकाइबाट सर्ने संक्रमक रोग हो । यो एक प्रकारको ज्वरो हो । डेंगु एजेप्टाई र एडिस एल्वोमेक्टस नामक लामखुट्टेले टोकेर हुने तिब्र भाइरल संक्रमण हो । यो भाइरस डेंगु १,डेंगु २, डेंगु ३ र डेगु ४ गरि ४ प्रकारका हुन्छ । एडिस लामखुट्ट् कालो रङको हुन्छ जसमा सेता थोप्ला पनि देखिन्छ । यो र।ग ग्रामीण भेगभन्दा शहरी क्षेत्रमा बढि पाइन्छ । त्यसैले यस रोगलाई शहरको रोग पनि भनिन्छ ।

      डेंगु सार्ने लामखुट्टे पानी जमेका ससाना स्थानमा फुल पार्छ र खासगरि बर्षाको पानी जम्ने टिनका डब्बा, थोत्रा टायर, मट्टिलका खाली ड्रम, गमला, फुलदानी, पानी ट्याङ्की आदिमा यसले फुल पार्छ । उक्त लामखुट्ले बिशेषगरि दिउसो टोक्ने गर्छ । 

      लामखुट्टेजन्य अन्य रोगहरू सार्ने लामखुट्टे फोहोर पानीमा, हिलोमा जमेको पानीमा पाइने भए पनि डेंगु सार्ने लामखुट्टे भने ४—५ दिनदेखि जमेको सफा पानीमा नै फुल पार्ने गर्छ । उक्त डेंगु रोग क्लासिक डेंगु, डेगुं हेमरेजिक साक सिन्ड्रोम हो भने समयै यसले उपचार नपाए शरिरको बिभिन्न अङ्गबाट रक्तश्राव भई मानिसको तत्काल मृत्यु हेने सम्भावना उच्च रहन्छ ।

      डेंगुका लक्षण

      एक्कासी ज्वरो आउनु नै डेंगुको मुख्य लक्षण हो । यो ज्वरो आएपछि ५ ६ दिनसम्म रहन्छ । बिस्तारै ज्वरोसंगै बेस्सरी टाउको दुख्ने, मांशपेशी तथा जोर्नीहरू दुख्ने, आखाको गेडी दुख्ने, अरुचि हुने, पेट तथा आन्द्रामा गडबढि हुने, रगतमा दाग देखिने ,डावरहरू आउने जस्ता लक्षणहरू देखा पर्दछ । केही बीरामीहरूमा भने सुरुमै शरिरमा रातो बिमिरा देखा पर्न सक्ने हुन्छ । अन्य फिभरको तुलनामा डेंगु होमोरेजिम फिभरपछि रक्तश्राव सामान्य भन्दा बढि हुने हुन्छ ।  

      यसमा पेट छाला, आन्द्रँ आदिवाट असामान्य रक्तश्राव हुन सक्छ । सामान्य चोट लाग्दा समेत असामान्य रक्तश्राव हुने गर्दछ । डेंगु लासिसकेको बिरामीलाई असाध्यै कमजोरी महशुस हुने, भोक समेत कम लाग्ने जस्ता समस्याहरू देखा गर्दछन् । डेंगु लागिसकेपछि सेता रगत(प्लेटीलेस)को मात्रा अत्याधिक कम हुन्छ ।

      उपचार के ?

      डेंगु ज्वरो भाइरसको कारण हुने भएकाले यसको खास बिशेष उपचार नहुने भएकाले लामखुट्टको टोकाइबाट बच्नु नै सबैभन्दा उक्तम उपाय हो । यदि कसैलाई उच्च ज्वरो आएमा तुरुन्त चिकित्सककहा पुगि परामर्श लिनु अत्यन्तै आवश्यक हुन्छ । यदि डेंगु ज्वरोका बिरामी समयमै चिकित्सककहाँ पुगेको खण्डमा चिकित्सकको पुर्ण निगराहनीमा रोगले निम्त्याउने जटिललाई पुर्ण रुपमा कम गरि निको पार्न सकिन्छ ।

      डेंगु ज्वरोवाट बच्ने १० उपाय

      1.  घर बरिपरि सफा सुग्घर राख्ने ।

      2.  पानी जम्नेखालका खाल्डाखुल्डी देख्नसाथ पुरिहाल्ने ।

      3.  पानीको ट्याङ्कीलाई लामखुट्टे छिर्न नसक्नेगरि छोपेर राख्ने ।

      4. पानी जम्ने भाडा, गमला, फुलदानी, खाली बट्टा, मट्टितेलका खाली ड्रम, गाडका टायरहरूमा पानी जम्न नदिने

      5. एडिस जातको लामखुट्टेले दिउसो टोक्ने भएकाले दिउसो पुरा बाहुला भएका कपडाहरू मात्र लगाउने ।

      6.  सकेसम्म हात खुट्टामा लामखुट्टे भगाउने क्रिमको प्रयोग गर्ने

      7. दिउसो होस या राती सुत्दा नियमित झुलको प्रयोग गर्ने

      8.  सधै घरको जाली लगाउन नबिर्सने ।

      9.  घरको नाली बगेको छ कि छैन भन्ने बिषयमा बेला बेला ध्यान दिने ।

      10.  इदि कसैलाई डेंगु ज्वरो आएको शंका लागेमा तुरुन्त नजिकैको स्वास्थ्य संस्था तथा चिकित्सकँहा पुगि परामर्श लिने ।

      डा शेर बहादुर पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक हुन्।

        सम्बन्धित समाचारहरु