थुप्रै कालजयी गीतका सर्जक रत्न शमशेर थापाकाको आज १३औँ पुन्यतिथी परेको छ । थापाको गत जेठ १५ गते बिहीबार दिउँसो नर्भिक अस्पतालमा निधन भएको थियो । गीतकार रत्न शमशेर थापाका ‘घुम्तीमा नआऊ है...,‘गोरेटो त्यो गाउँको .....‘ए कान्छा ठट्टैमा यो बैंस जान लाग्यो...’ जस्ता धेरै गीतहरु नेपालीमाझ गुन्जीरहेका छन् अनी संधै गुन्जीरहनेछन् । आफ्नो जीवनकालमा कालजयी सयौंको संख्यामा गीत लेखेर नेपालको आधुनिक संगीतमा ठुलो योगदान गरेका उनलाई संधै सबैले कहिले बिर्सीने छैनन् त्यस्तै सम्झीरहने सबै मध्येका उनका नजिकका संगीतकर्मी संगीतकार, गायक, गीतकार, संगीत संयोजक, गितार बादक, तथा रेडियो नेपालका senior music coordinator नारायण ओलीलेले आज १३औँ पुन्यतिथीको अवसरमा यसरी सम्झिएका छन् ।
रोमान्टिक एराका सुत्रधार, गीति क्षेत्रका शिर्ष पुरुष ,संगीतकारले तयार गरेको जस्तो सुकै ढाँचा र मिटरमा इन्जिनियरिङ गर्ने दुर्लभ गीति कालिगड , नेपाली मुक्तकका अजेय धरहरा, अनेकौं कालजयी गीतका भावशिल्पी ,स्वाभिमानका शिखर ब्याक्तित्व अग्रज रत्न शम्शेर थापाको आज १३ औं पुन्यतिथी, हार्दिक श्रद्धासुमन !
फूल झरेर जान्छ, खोला बगेर जान्छ, मान्छेको चोला मरेर जान्छ,
नमर्ने त माया हो, सम्झना हो, कृति अनि सृजना हो ।
पृथ्वी, जल, अग्नी, वायु आकाश मिलि बनेको स्थुल शरीर नष्ट हुने त प्रकृया हो, यो शास्वत छ, अविरल चलिरन्छ, रोकेर रोकिन्न । मनको चेतनाको मात्र पुर्नजन्म हुने हो ।
गीति क्षेत्रका शिर्ष पुरुष रत्न शम्शेर थापाले छोडेका कृतिहरु अजर छन्, अमर छन्, कहिल्यै उनि यो धर्तिबाट हराउँने छैनन् ।
कर्मको निर्दिष्ट बिन्दुमा पुग्न मानिसको सरदर आयु कम छ भन्ने मान्यता बोकेका अग्रज रत्नले यो जुनिमा अधुरा रहेका सपनाहरु अर्को जुनीमा जन्म लिई पूरा गर्नेछन् भन्ने आशा राख्न सकिन्छ ।
पालो र समय सबैको आउँछ प्रतिक्षा गर्न सक्नुपर्छ प्रतिक्षाको फल मिठो हुन्छ, त्यस्तै दुःख भोग्ने मानिस भोलि खुशी हुन सक्छ तर दुःख दिने कहिल्यै खुशी हुन सक्दैन, श्रद्धाले ज्ञान दिन्छ, नम्रताले मान दिन्छ, योग्यता भएपछि स्थान हुन्छ, अनि यि सबै मिलेपछि सम्मान हुन्छ भन्ने उहाँको भनाई आज पूर्णरुपले साकार भएको छ ।
गीत मात्र मनोरञ्जनको साधन होइन, यसले आत्मरञ्जन गर्नुपर्छ, गीत, संगित भनेको विज्ञान हो, आध्यात्म हो, भावना, अनुभव, ज्ञान, विचार, दुःख सुख सबैथोक हो भनि व्याख्या गर्ने अग्रज रत्न यो धर्तिमा नरहेपनि ति भनाई र विचार कालान्तर सम्म रहिरहनेछन्, नओइलिने फूल झैँ फक्रने छन्, चम्किलो तारा झैं चम्किरहनेछन् ।
उहाँद्वारा मेरो संगीतको धुनमा ५० औँ गीतहरु लेखिदिनु, आवस्यक सुझाब र सल्लाह दिनु, मेरो सांगितिक सृजनाहरुलाई राम्रो प्रतिकृया दिनु, हौसला बढाउनु, केहि सुधार गर्नुपर्ने ठाउँ भए औल्याइदिनु, मेरा लागि हरपल आर्शिवाद कै रुपमा रहेका थिए ।
रुँदै जन्मनु र रुवाँदै जानुको बिच भाग नै जिन्दगी हो, जबसम्म सहि संगत पाइन्न तब सम्म एक्लै हिड्नु पर्छ भन्ने मान्यतामा उहाँ अडिग हुनुहुन्थ्यो । यस्तो बहुआयामिक व्यक्तित्व हामीबिच भोलि होला वा नहोला गर्भको विषय नै छ ।
पैसा न दिई यति पैसा दिएउ भन्नेलाइ उहाँले लखेटेको र गीत सङित किताब निकाल्छु भनी उहाँ का ५० बर्ष पुराना कालजयी गीतलाइ अर्कैको गीत भनी लेख्ने लाई फटाहाको उपमा दिदै कानुनको कठ्घरामा पुर्याउनु भन्नुहुन्थ्यो ।
शिर्ष गीतकारको साथै कवि, मुक्तककार एबम निबन्धकार उहाँका चिनारीका विषय थिए । यी अलावा क्वायर, क्यान्टाटा, व्याले, अपेरा आदिको लय सुन्दै उपयुक्त शब्द भर्नु पनि थप विशेषता थिए । एक गीतकारमा संगीतको ज्ञान नभई यो कार्य असम्भव छ । यस्ता सम्पूर्ण विद्याले निखारिएका अत्यन्त सुकिला र चोखा नेपाली गीति क्षेत्र र स्वाभिमानका शिखर पुरुष श्रद्धेय रत्न शम्शेर थापा प्रति उहाँकै मुक्तकको हरफ :
कुल्ची हिँड हाँसीहाँसी यो छाती तिम्रै बाटो हो
मेरो देह केही होइन, केवल एक थुप्रो माटो हो
गालाको पाटोको लामो धर्सो त्यो घाउ होइन
त्यो त झरी सुकेको एक थोपा आँसुको टाटो हो“
सापटी लिँदै दुःखी मनले भन्नै कर लाग्यो ः
हार्दिक श्रद्धाञ्जली ! हार्दिक श्रद्धाञ्जली !