मंसिर ४,२०७६ / ०६ : १८ पूर्वान्ह / 2019-11-20 06:18 am

        बालि सखाप पार्ने अमेरिकी फौजी किरा कञ्चनपुरमा समेत फेला

        - ३ हप्ता अगाडि
        कार्तिक ७,२०७६

        कञ्चनपुर, भयावह रुपमा बालि सखाप पार्ने अमेरिकी फौजी किरा कञ्चनपुर मा समेत फेला परेको छ । कञ्चनपुरको माहाकाली नगरपालिका किसानहरुले आफुले लगाएको वालिमा अनौठो किरा लागेको र पुरै विरुवानै सखाप गर्न थालेको  देखेपछि कृषी ज्ञान केन्द्र कार्यालय महेन्द्रनगरका खवर गरेका थिए । 

        लगत्तै कृषी ज्ञान केन्द्र कार्यालय महेन्द्रनगरकावाट गएकोे टोलीले  किरा फेला पारेको हो । कृषी ज्ञान केन्द्र कार्यालय महेन्द्रनगरका प्रमुख रामचन्द्र भट्ट र बाली संरक्षण प्रयोगशाला सुन्दरपुरका सत्यराज जोशीको प्राबिधिक टोलीले माहाकाली नगरपालिका वडा नं. ५ का किसानहरुले लगाएको मकैमा वालिहरुको लागी घातक मानिने किरा अमेरिकी फौजी किरा रहेको पुष्टी गरेका छन् । 

        कृषी ज्ञान केन्द्र कार्यालय महेन्द्रनगरका प्रमुख रामचन्द्र भट्टका अनुसार सवै भन्दा पहिले काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, नवलपरासी , ललितपुर,लगाएतका जिल्लाका मकै र उखु खेतिमा यो किराको संक्रमण भेटिएको थियो । 

          सम्बन्धित समाचारहरु