अन्नको भण्डार भनिने तराईमा पानी नपरेका कारण तराईका अधिकांश खेतीयोग्य जग्गा मरुभूमी बन्दै गएका छन् । खेतमा त्रान रोपिएको भएपनि आकासको पानी नपरेपछि खेतहरु मरुभूमि बन्न थालेका हुन । खेतमा धान रोपिएको छ तर पानी छैन । किसानहरु दैनिक आकाश तिर आशलाग्दो आँखाले हेर्छन । पानी आउने छाटकाट नदेखिएपछि पुर्पुरेमा हात राखेर सोच्नु सिवाय केही छैन कृषकलागि ।
खेतले पानी नभेटेको निक्कै समय भयो,खेत भरि चिरा चिरा परेको छ । धान पनि हरियोबाट पहेलो हुनै लाग्यो तर पानी कहि कतै छैन । आकाशे पानीकै भरमा महोत्तरीका हजारौ किसान भर परेका छन । तर मौसमले समेत किसानलाई साथ दिएको छैन ।
प्रत्येक बर्ष खडेरीको समस्या भोग्नु पर्छ । र यहि समस्या समाधान गर्न बर्षेनी करौडौ रकम छुट्याइनछ पनि । तर कृषकको समस्या भने जहिले उस्तै । यता उता रकम अपुग भएकोले समस्या समाधान गर्न असहज भएको भूमिगत जलश्रोत तथा सिचाई बिकास डिभिजन कार्यालयको भनाइ छ ।
अकासे पानी नपरेपछि बिउबिजन उत्पादनमा समेत समस्या हुनेछ । यस विषयमा प्रदेश दुई कृषि मन्त्रालय भने आफ्नै समस्या तेस्र्याउछ ।
कहिले बाढी त कहिले सुख्खा महोत्तरीका किसानलाई कुनै मौसम र महिनामा चयन छैन ।








