वैशाख २३,२०८३ / ०७ : ११ अपरान्ह / 2026-05-06 07:11 pm
      • param ad
      • furniture
      • veera Incorporation

      तरकारीको मुल्य घट्न थाल्यो , चाडपर्वमा पनि मुल्य नबढ्ने

      - ६ वर्ष अगाडि
      भाद्र २०,२०७६

      काठमाडौं, लामो समयसम्म निरन्तर बढिरहेको तरकारीको मूल्य अहिले भने घट्न थालेको छ । कहिले विषादी परीक्षण त कहिले बाढी पहिरोका कारण तरकारीको भाउ उकालो लागिरहेको थियो । जसका कारणले गर्दा आम उपभोक्ता महङिको मारमा परेका थिए । 

      कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको जानकारी अनुसार पछिल्लो समय भने तरकारीको मूल्य घट्न थालेको छ । बुधबार को तुलनामा बिहीबार तरकारीको थोक मूल्य घटेको छ । 

      कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका बजार व्यवस्थापन अधिकृत मनोज धितालले प्राकृतिक प्रकोपका कारण केही समय तयारी आयात नै कम भएर मूल्य बढेको बताए । केही दिनयता भने मागअनुरुप नै तरकारी आयात भएकाले क्रमशः तरकारीको मूल्य घट्ने क्रममा रहेको उनको भनाइ छ । 

      आउनै लागेका चाडपर्वमा पनि तरकारीको मूल्य नबढ्ने धितालको दाबी छ । कालिमाटी तरकारी बजारमा भारत तथा नेपालका विभिन्न जिल्लाबाट दैनिक करिब ८ सय टन तरकारी आयात हुदै आएको छ । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d