वैशाख २३,२०८३ / ०७ : १० अपरान्ह / 2026-05-06 07:10 pm
      • param ad
      • furniture
      • veera Incorporation

      ‘वातावरण संरक्षण विधेयक, २०७५’ परिमार्जनसहित पारित

      - ६ वर्ष अगाडि
      श्रावण १५,२०७६

      काठमाडौ, प्रतिनिधिसभा अन्तर्गत्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले ‘वातावरण संरक्षण विधेयक, २०७५’ लाई परिमार्जनसहित पारित गरेको छ । 

      मंगलबार समितिको कार्यालय सिंहदरबारमा बसेको बैठकले सांसदहरुले राखेका संशोधन प्रस्ताव र सांसदहरुका राय समेटेर परिमार्जनसहित विधेयक पारित गरेको हो । विधेयकले वातावरण तथा जलवायु परिवर्तनसम्बन्धी कार्यलाई राष्ट्रियस्तरमा प्रभावकारीरुपमा सन्चालन गर्न प्रधानमन्त्रीको अध्यक्षतामा एक वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन परिषद् गठन गर्ने व्यवस्था गरेको छ ।

       बैठकमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले वातावरण संरक्षणका लागि सबै पक्षको सहयोग र समन्वयकारी भूमिका आवश्यक रहेको बताउनुभयो विधेयकमाथि २१ जना सांसदले संशोधन प्रस्ताव राखेका थिए । बैठकमा वातावरण संरक्षण विधेयक, २०७५ का सम्बन्धमा समितिले तयार पारेको प्रतिवेदन–२०७६ माथि छलफल भएको थियो ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d