वैशाख २३,२०८३ / ०७ : ११ अपरान्ह / 2026-05-06 07:11 pm
      • param ad
      • furniture
      • veera Incorporation

      गण्डकी प्रदेशका किसान तालिम लिन इजरायल जाने

      - ६ वर्ष अगाडि
      असार २३,२०७६

      पोखरा , कृषिमा आत्मनिर्भर बन्ने लक्ष्य लिएको गण्डकी प्रदेश सरकारले किसानलाई दक्ष र व्यावसायिक बनाउन तालिमका लागि इजरायल पठाउने तयारी सुरु गरेको छ। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २ सय किसानलाई कृषिको १ वर्षे तालिमका लागि इजरायल पठाउन लागेको जानकारी दिएका छन । 

      विशुद्ध किसानलाई मात्रै तालिमका लागि छनोट गर्ने उनले बताए। उनका अनुसार यहाँका किसानलाई तालिम दिनेबारे इजरायलसँग सम्झौता हुन भने बाँकी भएपनी छलफल भइरहेको छ। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङकै कार्यकक्षमा नेपालका लागि इजरायलका राजदूत बेनी वमरले केही यसै बिषयमा छलफल गरेका थिए। त्यसपछि अर्काे चरणको छलफल पनि भइसकेको छ।

      गण्डकीका किसानलाई तालिमका लागि इजरायलमा पठाउने चाँजो मिलाउन लमजुङस्थित आराभा नेपाल मोर्डन एग्रिकल्चर लिमिटेडले सहजीकरण गरिरहेको छ। आराभा नेपाल इजरायलमा गई त्यहाँको कृषि प्रणालीअनुसार लमजुङ दुराडाँडामा खेती गरिरहेका युवाले खोलेको पब्लिक लिमिटेड कम्पनी हो। उक्त कम्पनीका कृष्ण बजगाईले पहिला नेपालमै तालिम दिएपछिमात्रै किसानलाई इजरायल पठाइने जानकारी दिए।

      साउनमा गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको टोलीले इजरायल पुगेर त्यहाँको आराभा इन्टरनेसनल सेन्टर फर एग्रिकल्चर ट्रेनिङका अधिकारीसँग छलफल गर्नेछ । अर्काेपटक मुख्यमन्त्री नेतृत्व टोली पनि गएर छलफल गरिसकेपछि मात्रै द्विपक्षीय समझदारी हुने छ । तालिमका लागि गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले बजेटसमेत विनियोजन गरेको छ।

      स्रोतका अनुसार वर्षैपिच्छे तालिमका लागि किसान पठाउने गरी द्विपक्षीय सम्झौताको तयारी भइरहेको छ। नेपाली किसानले इजरायलमा गएर कृषिमा यान्त्रीकरण र व्यावसायीकरणबारे सिक्नेछन्।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d