वैशाख २३,२०८३ / ०७ : ११ अपरान्ह / 2026-05-06 07:11 pm
      • param ad
      • furniture
      • veera Incorporation

      पशुपालन गर्दै आएका किसानहरु पलायन हुने अवस्थामा

      - ६ वर्ष अगाडि
      असार २१,२०७६

      दुध र दुग्ध जन्य पदार्थमा सरकारले उपलव्ध गराउँदै आएको अतिरिक्त रकम गत वर्षको जेठ महिनादेखी कटौती भएपछि व्यवसायिक रुपमा पशुपालन गर्दै आएका किसानहरु पलायन हुने अवस्थामा छन् । फस्टाउँदो व्यवसाय भएपनि लागत अनुसारको मुल्य नपाउँदा पशुपालक किसानहरु धरासायी अवस्थामा पुगेका हुन्। 

      सरकारले युवालाई देशमै रोजगारको शिर्जना गर्दै बिदेशिने युवालाई निरुत्साहित गर्न बिभिन्न कार्यक्रमहरु ल्याएको छ । यसरि युवालाई देशमै केहि गर्न पर्छ बिदेशिनु हुन्न भनि रहँदा चितवनका युवाहरुको ब्यबसाय भने धरापमा परेको छ । खाडी मुलूकहरुमा काम गरेर आँफ्नै देशमा केहि गर्ने उद्देश्यले खोलिएका गाई तथा भैसि फर्महरु सरकारकै हेलचर्काईका बन्द गर्नु पर्ने अबस्थामा आएका हुन । सरकारले कृषि क्षेत्रमा दिनु पर्ने अनुदाका कार्यक्रम बास्तबिक किसान समक्ष नपुग्दा बास्तबिक किसानको ब्यबसायिक गाई तथा भैसि पालन ब्यबसाय धरापमा पर्न थालेको हो ।

      दाना, चोकर, ढुटोको मुल्य वृद्धी हुनु तर दुधको मुल्य यथावत रहनु किसानका लागि घातक रहेको छ । अतिरिक्त रकम समेत कटौती भएपछि आहारको मुल्य उकालो लाग्दा दुधको मुल्य वृद्धी गर्न सरकारले तत्परता नदेखाउँदा केही वर्षमै व्यवसायिक किसान पलायन हुनेछन् । कृषि क्षेत्रमा व्यवसायिक रुपमा पशुपालन गर्ने किसानको संख्या वढ्दै गएपनि लागत अनुसारको मुल्य नपाउँदा किसानहरु मर्कामा परेका छन् ।

      डिडिसीले २०७५ जेठ देखी किसानले पाउँदै आएको अतिरिक्त ३ रुपैया कटौती गरेको थियो । त्यसअघि २०७३ साल फागुनमा करिव ३ रुपैया ५० पैसा प्रति लिटर दुधको मुल्य वढेको थियो । दुध उत्पादन लागत मुल्य ३२ प्रतिशत वढेको छ । हालै मात्रै चितवनलाई दुधमा आत्मनिर्भर जिल्ला घोषणा गरिएको छ । यहाँ दैनिक करिव २ लाख ७० हजार लिटर दुध उत्पादन हुदै आएको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d