जेष्ठ १७,२०८३ / ०८ : ४२ पूर्वान्ह / 2026-05-31 08:42 am
      • param ad
      • furniture
      • veera Incorporation

      ‘वन विधेयक–२०७५’ का बारेमा विज्ञसँग छलफल

      - ६ वर्ष अगाडि
      असार ४,२०७६

      काठमाडौ, प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले ‘वन विधेयक–२०७५’ का बारेमा विज्ञसँग छलफल गरेको छ ।

      सिंहदरबारमा बसेको समिति बैठकमा वन विधेयकमा राखिएका प्रावधानबारे छलफल भएको हो । समितिका सभापति पूर्णाकुमारी सुवेदीले विधेयकमा राखिएका प्रावधानबारे छलफल गर्नका लागि विज्ञलाई समितिमा बोलाइएको बताउनुभयो । उहाँले वनलाई कसरी व्यवस्थित बनाउने भन्नेमा विधेयकले समेट्न नसकेको कुरालाई विज्ञसँगको सल्लाहमा समेटिने बताउनुभयो ।

       वन विज्ञ नयाँ शर्मा पौडेलले वन संरक्षणको लागि तल्लो तहलाई बढी जिम्मेवार बनाउनुपर्ने कुरा विधेयकमा समेट्नुपर्ने  सुझाव दिनुभयो । उहाँले स्थानीय तह र त्यहाँका जनतालाई वन संरक्षणमा बढी अधिकार दियो भने संरक्षण हुने बताउनुभयो । उहाँले वनलाई स्थानीय जनताको साझेदारीमा संरक्षण गर्नुपर्ने बताउनुभयो । यस्तै अर्का वन विज्ञ उदय शर्माले विधेयकले वनसम्बन्धी धेरै कुरा छुटाएकोले संशोधन गर्नुपर्ने बताउनुभयो ।

       उहाँले विधेयकमा वन्यजन्तु संरक्षण, वन उपभोग गर्ने कुरा, वृक्षरोपण प्राधिकरण गठनजस्ता कुरालाई समेट्नुपर्ने बताउनुभयो । सांसदहरुले चुरे पहाडलाई रोक्नुपर्ने, विकासका नाममा विनाश हुन थालेको वन जङ्गललाई जोगाएर विकास गर्नुपर्ने कुरालाई विधेयकमा समेट्नुपर्ने बताएका थिए ।

        सम्बन्धित समाचारहरु