जेष्ठ १७,२०८३ / ०८ : ४१ पूर्वान्ह / 2026-05-31 08:41 am
      • param ad
      • furniture
      • veera Incorporation

      जलवायुको कारण स्याउ उत्पादन हुन छाड्यो

      - ६ वर्ष अगाडि
      जेष्ठ २५,२०७६

      बैतडी , केही वर्षयता बैतडीको सतबाँझमा स्याउ फल्न छाडेको छ । कुनै समय स्याउका लागि निकै प्रसिद्ध रहेको सतबाँझमा जलवायु परिवर्तनका कारण स्याउ फल्नन छाडेको हो । जसका कारण वागवानी विकास केन्द्रको नामनै सुख्खा फलफूल विकास केन्द्रको नामले चिनिन थालेको छ ।  

      कुनै बेला सतबाँझमा देशभरमै बढी स्याउँका जात फल्ने गर्थे । तर,पछिल्लो समय हिउँ पर्न छोडेपछि स्याउ फल्न पनि छोडेको हो । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामध्ये सतबाँझ स्याउका लागि प्रसिद्ध ठाउँ भए पनि पछिल्लो समयमा चिस्यानको कमी भएपछि सुख्खा फलफूल विकास केन्द्रले अन्य फलफूलको खेती शुरु गरेको छ । 

      अहिले सुख्खा फलफुल बिकास केन्द्र सतबाजले बिभिन्न सुख्खा फलफुलका बिरुवाहरुको नर्सरी बनाएर बिरुवाहरु बिक्रि गर्ने गरेको छ । सुख्खा फलफुलबाट किसानहरूलाई आम्दानीका लागि राम्रो हुने भएपछि केन्द्रले सुख्खा फलफुलहरुलाई प्राथमिकतामा राखेको हो । अहिले ओखर, नासपाती, खुर्पानी लगायतका सुख्खा फलफूलका बिरुवा उत्पादन गरिरहेको केन्द्रले किसानहरूलाई सीप पनि सिकाइरहेको छ ।  

      स्याउका बिरुवा सुकेको ठाउँमा नासपाती, आरुबखडा, खुर्पानी, ओखर, चुच्चेओखर, कटुस, हलुवावेद, कागती बदामजस्ता फलफूल पनि लगाइएका छन् । पछिल्लो समय खडेरी पर्दै गएपछि पहिले उत्पादन हुने सबै फलफूलहरूमा अहिले कमी आएको छ । 

        सम्बन्धित समाचारहरु