जेष्ठ १७,२०८३ / ०८ : ४१ पूर्वान्ह / 2026-05-31 08:41 am
      • param ad
      • furniture
      • veera Incorporation

      कृषकलाई दश हजार बोट स्याउ निःशुल्क

      - ७ वर्ष अगाडि
      फागुन १,२०७५

      हुम्ला,  सिमकोट गाउँपालिकाले कृषकलाई निःशुल्क रुपमा स्याउ र ओखरका बोट वितरण गरेको छ । 

      जिल्ला सदरमुकाममै रहेको सिमकोट गाउँपालिकाले मङ्गलबार कृषकलाई स्याउ बोट वितरण गरेको छ । जिल्लामा स्याउ, ओखर लगाउने सिजन शुरु भएसँगै किसानलाई स्याउ, ओखरमा आत्मनिर्भर बनाउनका लागि बोट वितरण कार्य शुरु गरेको सिमकोट गाउँपालिका कृषि शाखा प्रमुख नेत्रबहादुर शाहीले बताउनुभयो । 

      सिमकोट गाउँपालिका बागवानीअन्तर्गत वडा नं १ देखि ८ सम्मका कृषकलाई दश हजार स्याउका बोेट, दुई हजार चालिस ओखरका बोट वितरण गरिएको कृषि शाखा प्रमुख शाहीले बताउनुभयो । सिमकोट गाउँपालिकाभित्र रहेको १७ हजार हेक्टर क्षेत्रफलका लागि स्याउ, ओखर वितरण गरिएको हो । 

      सिमकोट गाउँपालिकाले निवेदनका आधारमा आफ्ना वडाभित्रका स्याउ खेती गर्ने कृषकलाई कृषकलक्षित कार्यक्रम अगाडि बढाएको उहाँले जानकारी दिनुभयो । 

        सम्बन्धित समाचारहरु