जेष्ठ १७,२०८३ / ०८ : ४२ पूर्वान्ह / 2026-05-31 08:42 am
      • param ad
      • furniture
      • veera Incorporation

      पहिलो पटक कफीको गुणस्तरसम्बन्धि तालिम संचालन हुने

      - ७ वर्ष अगाडि
      माघ ६,२०७५

      काठमाण्डौ, नेपालमा पहिलो पटक कफीको गुणस्तरसम्बन्धि तालिम संचालन हुने भएको छ । 

      राष्ट्रिय चिया तथा कफी विकास बोर्डका प्रवक्ता दिपक खनालले कफीको गुणस्तर वृद्धि गर्न र अन्तराष्ट्रिय स्तरमा बजार प्रवद्र्धन गर्नका लागि आवश्यक जनशक्ति उत्पादन गर्न नेपालमा पहिलो पटक कफीको गुणस्तरसम्बन्धि तालिम संचालन गर्न लागिएको जानकारी दिनु भएको हो । आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले नेशनल कफी एकेडेमीको आयोजनामा आगामी फागुन ७ गतदेखि १४ गतेसम्म आयोजना हुने तालिम अमेरिकाको कफी क्वालिटी इन्ष्टिच्यूट र स्पेशल कफी एशोसिएशनको सहयोगमा आयोजना गर्न लागिएको हो । 

      त्यसैगरी बोर्डले कफीको गुणस्तरमा सुधार ल्याउन कफीसम्बन्धि प्रशिक्षण कार्यक्रम पनि संचालन गर्नेछ । यही माघ २९ गतेदेखि फागुन २ गतेसम्म आयोजना हुने सो प्रशिक्षणमा  कफीको गुणस्तरसम्बन्धि विधि र प्रक्रियाका बारेमा विस्तृत जानकारी दिने बोर्डको योजना रहेको छ । 

      नेपालको कफीको अन्तराष्ट्रिय बजारमा माग भएपनि यसको गुणस्तरमा प्रश्न उठने गरेपछि सो समस्या समाधान गर्न बोर्डले विभिन्न तालिम दिएर सो समस्या समाधान गर्ने योजना अघि सारेको हो । नेशनल कफी एकेडेमीले फागुनको अन्तिम सातातिर ‘कफी लगानी सम्मेलन’ पनि आयोजना गर्ने तयारी गरेको छ । एकेडेमीका अध्यक्ष डा. राजकुमार बञ्जाराले कफीमा लगानी र राजनीतिक प्रतिवद्धता दुवै जुटाउन सो सम्मेलन गर्ने तयारी भईरहेको बताउनु भयो । कफीमा लगानी बढाउन सो सम्मेलन सफल हुने अपेक्षा गरिएको पनि एकेडेमीले जनाएको छ । 

      नेपालमा हाल ४० हजार किसानहरु कफी खेतीमा आवद्ध रहेको सरकारी तथ्यांक छ । तर यसको गुणस्तर वृद्धिका लागि आवश्यक जनशक्ति नहुँदा यसको उत्पादन र बजारीकरण दुवै चुनौतिपूर्ण अवस्थामा रहेको छ । सोही चुनौतिलाई सम्बोधन गरेर अघि बढन विभिन्न तालिम संचालन गर्ने योजना बनाइएको पनि बोर्डका प्रवक्ता खनालले स्पष्ट पार्नु भयो ।

        सम्बन्धित समाचारहरु