जेष्ठ १७,२०८३ / ०८ : ४१ पूर्वान्ह / 2026-05-31 08:41 am
      • param ad
      • furniture
      • veera Incorporation

      विषादीको प्रयोग र चोर बाटोबाट विषादी ल्याउने कार्य रोक्नुपर्छ : कृषिमन्त्री खनाल

      - ७ वर्ष अगाडि
      पौष १९,२०७५

      काठमाडौ, कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले अवैध रुपमा प्रयोग गरिने विषादीको प्रयोग र चोर बाटोबाट विषादी ल्याउने कार्यलाई रोक्न आवश्यक रहेको बताएका छन् ।

      प्रतिनिधिसभाको बिहिबारको बैठकमा ‘जीवनाशक विषादी व्यवस्थापन विधेयक, २०७५’ प्रस्तुत गर्दै उहाँले विषादीको अनियन्त्रित रुपमा हुँदै आएको प्रयोगलाई रोक्न विद्यमान कानूनलाई संशोधन गर्न विधेयक ल्याइएको जानकारी दिए ।

      त्यस्तै बैठकले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । यसअघि कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५ माथि विचार गरियोस् भनी सदनमा प्रस्ताव प्रस्तुत गरेका  थिए ।

        सम्बन्धित समाचारहरु