जेष्ठ १२,२०८३ / ०१ : ४९ पूर्वान्ह / 2026-05-26 01:49 am
      • param ad
      • furniture
      • veera Incorporation

      कृषिको आधुनिकीकरण मार्फत समृद्धि खोज्दै युवा

      - ७ वर्ष अगाडि
      भाद्र ३१,२०७५

      पोखरा, कृषि क्षेत्र ओझेलमा परेको बेला कास्कीको अन्नपूर्ण गाउँपालिका–१ ढिकुरपोखरीका युवा कृषिको आधुनिकीकरणमार्फत समृद्धिको खोजीमा लागेका छन् । 

      बाँझिएका जग्गाको उपयोग गर्दै पशुपालन, तरकारी तथा फलफूलको व्यावसायिक खेती गरी रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ उनीहरु सक्रिय बनेका छन् । सिमसिम्ले नेपाने बहुउद्देश्यीय कृषि फार्ममार्फत युवाले उक्त योजना अघि सारेका हुन् । बाँझा जग्गामा व्यावसायिक खेती गरी बढ्दो बेरोजगारीको अन्त्य गर्ने अभियान थालिएको सो कृषि फार्मका अध्यक्ष हरिप्रसाद भुगाईंले बताए । 

      “सिमसिम्ले नेपाने क्षेत्रको तीन हजार २०० रोपनी जग्गा भाडामा लिई बहुउद्देश्यीय व्यावसायिक कृषि अभियान बढाउने सोचमा छौँ”, उनले भने, “हाल २०० रोपनी जग्गा वार्षिक प्रतिरोपनी रु एक हजार ५०० का दरले २५ वर्षका लागि भाडामा लिई काम थालेका छौँ, आवश्यकताअनुसार क्षेत्र बढाउँदै लैजाने लक्ष्य छ ।” 

      समाजका ज्येष्ठ नागरिकको अविभावकत्व र निर्देशन, युवाको क्रियाशीलता, साविक ढिकुपोखरी गाविस–१ भित्रका सर्वसाधारण मात्र संस्थापक शेयर सदस्य बनाई प्रतिसदस्य ५१ हजार रुपैँया शेयर रकम कायम गरिएको छ । कृषि फार्मका उपाध्यक्ष शिव अधिकारीका अनुसार संस्थामा हाल १९८ शेयर सदस्य आबद्ध छन् । पशुपालन र व्यावसायिक तरकारीखेती एकसाथ अगाडि बढाउने क्रममा आधुनिक गोठ निर्माण गरी ३८ माउ लैना भैँसी पालिएको र १५ माउ लैना भँैसी थप गर्ने तयारी गरिएको छ । 

      हाल फार्ममा ३२ पाडापाडी, एउटा रागो, दुई माउ गाई र एउटा बाच्छो छ । फार्म परिसरमा १० हजार कफी, २६० किबी, पाँच सय एबोकाडो तथा पाँच सय मेकेडेनियनटको बिरुवा रोपिएको छ । आउँदो मङ्सिरभित्रमा बृहत् कृषि योजना तयार गर्दै भौगोलिक अवस्थिति, तापक्रम तथा माटो जाँच गरी कृषिको सम्भाव्यताको पहिचान गर्न लागिएको संस्थाका शेयर सदस्य एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोद कुँवरले जानकारी दिए । समूहको पाँच वर्षे कार्ययोजनामा पाँच सय भैँसी, एक हजार बाख्रा, २० हजार कुखुरा तथा फलफूलका लागि १००÷१०० रोपनीको १० वटा क्षेत्र छुट्टाएर व्यावसायिक कृषिमा लाग्ने योजना छ । घरबास कार्यक्रम सञ्चालन र १०० अट्न सक्ने क्षमताको बहुउद्देश्यीय सभा हल निमार्ण गरी कृषिको अवलोकन तथा अध्ययन गर्न एक लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको कुँवरले बताए । 

      हाल  १ करोड ५० लाख रुप्ैँयामा सञ्चालित उक्त फार्ममा शेयर सदस्यबाट १ करोड ९८ हजार सङ्कलन भएको छ । अन्नपूर्ण गाउँपालिकाबाट पूर्वाधार निर्माणका लागि  ४० लाख अनुदान तथा हरियो वनको सहयोगमा माछापुच्छ«े उत्तम कफी उत्पादन सहकारी सस्ंथाबाट ७ लाख ८० हजार सहयोग प्राप्त भएको छ । सो फार्ममा आठ जनाले रोजगारी पाएका छन् । युवा स्वरोजगार अभिवृद्धिका लागि अन्नपूर्ण गाउँपालिकाले अनुदान सहयोग गरेको अध्यक्ष युवराज कुँवरले बताए । रासस

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d