जेष्ठ १२,२०८३ / ०१ : ४९ पूर्वान्ह / 2026-05-26 01:49 am
      • param ad
      • furniture
      • veera Incorporation

      मल खरिदका लागि ६ अरव अनुदान बजेटको व्यवस्था : कृषि मन्त्री खनाल

      - ७ वर्ष अगाडि
      भाद्र १३,२०७५

      काठमाडौं, कृषि तथा सहकारी मन्त्री चक्रपाणी खनालले बजेटको अभावमा कृषकहरुलाई आवश्यक मलको व्यवस्था गर्न नसकिएको स्विकार गरेका छन् ।

      मुलुकमा मलको अभाव भइरहँदा मन्त्री खनालले बजेटको अभावका कारण त्यसको उचित व्यवस्था गर्न नसकिएको स्विकार गरेका हुन् । बुधबार प्रतिनिधिसभा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले तत्कालका लागि ५ लाख मेट्रिक टन मलको अभाव भएपनि सरकारसँग साँढे २ लाख मेट्रिक टनमात्रै मल खरिद गर्न सक्ने बजेट रहेको जानकारी दिए । मन्त्रालयसँग मल खरिदका लागि ६ अरव अनुदान बजेटको व्यवस्था गरिएको छ । सो बजेटले मलको अभाव पूर्ति गर्न सकिने अवस्था नरहेकोे मन्त्री खनालले बताए । मन्त्री खनालले गोदामको अभाव हुँदा पनि मलको आपूर्ति व्यवस्थालाई सहज बनाउन नसकिएको दावी गरे ।

      मन्त्री खनालले सरकारले मल तथा विउविजनको अभाव हुन नदिन आवश्यक योजना बनाएको जानकारी दिएका छन् । धानबालीका लागि मलको अभाव हुन नदिने र त्यसपछि विउविजनको उचित व्यवस्था गर्ने योजना पनि अघि सारेका छन् ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d