काठमाण्डौ, काठमाण्डौको बल्खु स्थित तरकारी बजारका अधिकांश तरकारी विक्रेताले बिल बिजक विना नै तरकारी खरिद तथा विक्रि गर्ने गरेको पाईएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति विभागको टोलिले सोमबार बिहान गरेको अनुगमनका क्रममा सो तथ्य फेला परेको हो । अधिकांश तरकारी पसल दर्ता छैनन भने तरकारी खरिदको बिल समेत उनीहरुसंग नभएको अनुगमन टोलीले फेला पारेको छ । कानूनको दृष्टिमा अबैध रुपमा संचालन भईरहेका झण्डै ९० प्रतिशत तरकारी बिक्रेतासंग तरकारी खरिदको कुनै पनि किसिमको अभिलेख नरहेको फेला परेको हो । तरकारी विक्रेताले भने कुनै पनि तरकारीको निश्चित मुल्य नहुने दाबी गरेका छन् ।
बल्खु कृषि तथा तरकारी बजारका संचालक मोहन बस्नेतले डोको डोकोबाट संकलन गरेर ल्याएको तरकारी चोक चोकमा बेच्ने अवस्थालाई केही व्यवस्थित गर्दै छानामुनी सारिएकाले अन्य उद्योग व्यवसाय जस्तो कृषि व्यवसायलाई हेर्न नहुने बताए ।
अनुगमन टोलीमा रहेका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीका स्वकिय सचिव सन्तोष विष्टले कानुनले कल्पना गरेको व्यवस्थित बजार नपाईएको प्रतिक्रिया दिए । विभागका निरीक्षक अधिकृत दिपक पोखरेलको नेतृत्वको अनुगमन टोली सोमबार सबेरै ३ बजे बल्खु तरकारी बजार पुगेको थियो । टोलीले साढे ३ बजे देखि बजार अनुमगन सुरु गरेको थियो ।
विभागका निरीक्षक अधिकृत दिपक पोखरेलको नेतृत्वको अनुगमन टोली सोमबार सबेरै ३ बजे बल्खु तरकारी बजार पुगेको थियो । टोलीले साढे ३ बजे देखि बजार अनुमगन सुरु गरेको थियो ।








