जेष्ठ १२,२०८३ / ०१ : ४९ पूर्वान्ह / 2026-05-26 01:49 am
      • param ad
      • furniture
      • veera Incorporation

      कालीमाटी तरकारी बजारमा मूल्य घट्यो

      - ७ वर्ष अगाडि
      भाद्र १०,२०७५

      काठमाण्डौ, एक महिनाको अवधिमा राजधानीको कालिमाटीस्थित तरकारी तथा फलफूल थोक बजारमा आधाभन्दा बढी प्रकारका तरकारीको मूल्य घटेको छ । केहि दिन अघि सरकारले गरेको बजार अनुगमनपछि कालीमाटी तरकारी बजारमा तरकारीको मूल्य २० प्रतिशतसम्म घटेको हो । 

      केही समयदेखि नियमितरुपमा सरकारले कालीमाटी तरकारी बजारको  अनुगमन गरेपछि तरकारीको मूल्यमा कमी आएको हो ।  किसानबाट उपभोक्तासम्म आइपुग्दा चार गुणासम्म बढी मूल्य तिर्न बाध्य भएको भन्ने गुनासो आएपछि गत सोमबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोली तरकारी बजार पुगेको थियो । 

      अनुगमनका लागि खटिएको सरकारी टोलीले जानकारी नै नदिई अनुगमन गर्न आएको भन्दै तरकारी व्यवसायीले भने विरोध गरी केहीबेर मूल गेटनै बन्द गरी अनुगमनकर्तालाई थुनेका थिए । सोही दिन गरेको अनुगमनका क्रममा दुई तरकारी गाडीलाई कहाँबाट ल्याएको, कति मूल्यको हो, खरीद मूल्य कति र बिक्री मूल्य कति भनी अनुगमनकर्ताले प्रश्न गरेका थिए । 

      व्यवसायीले उत्तर दिन नसकेपछि ती दुवै गाडीलाई नियन्त्रणमा लिइएको थियो । त्यसपछि व्यवसायीले बजारनै बन्द गरेका थिए । व्यवसायीमाथि दबाब बढेपछि बुधबार दिउँसोदेखिनै खुलेको बजारमा तरकारीको मूल्यमा कमी आएको हो । 

      सरकारी अनुमगनपछि व्यवासायीले बिरोध जनाउँदा तनावग्रस्त बनेको कालीमाटी बजार क्षेत्र सोमबारदेखि बुधबार बिहानसम्म खुल्न सकेको थिएन । सरकारले किसान र उपभोक्ताबीचकोे मूल्य कायम राख्न दबाब दिएपछि तरकारीको मूल्यमा कमी आएको हो । यसअघि औपचारिक रुपमा अनुगमन गरे पनि प्रभावकारी हुन सकेको थिएन । 

      यही भदौ १ गतेदेखि लागू भएको नयाँ कानुनले उपभोक्तालाई ठगी गर्ने व्यापारीलाई कारबाही गर्न बाटो खोलिदिएकाले नियमबाहिर रहेको कोही पनि ओझेलमा नपर्ने विभागले दाबी गरेको छ । सरकारी टोलीले यसअघि धादिङ, चितवन, मकवानपुरलगायतका जिल्लामा पुगेर किसानले पाउने मूल्य र उपभोक्ताले तिर्ने मूल्यबारे अनुसन्धान गरेको थिए ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d