वैशाख २३,२०८३ / ०३ : ४८ अपरान्ह / 2026-05-06 03:48 pm
      • param ad
      • furniture
      • veera Incorporation

      एकै पटक धेरै गाईवस्तु दुहुने यन्त्र

      - ७ वर्ष अगाडि
      असार २६,२०७५

      ललितपुर,  नेपालमा पशुपालन व्यावसायिक बन्दै जाँदा किसानले एकै पटकमा धेरै गाईको दूध दुहुुने उपकरण(मिल्किङ पार्लर) को प्रयोग गर्न थालेका छन् । 

      चार पाँच वर्ष पहिलेदेखि नेपालमा व्यावसायिक किसानले मिल्किङ पार्लरको प्रयोग शुरु गरेको पशु उत्पादन निर्देशनालयमा कार्यरत डा सुरेन्द्र झा बताउनुहुन्छ । व्यावसायिक रुपमा धेरै गाई पाल्ने किसानले यसको प्रयोग गर्न थालेका हुन् । बजारमा फरक–फरक क्षमताका यन्त्र पाइन्छ । नेपालमा भने एक पटकमा १० वटा गाई दुहुने यन्त्रको प्रयोग बढ्दै छ । यी उपकरणका कारण जनशक्ति बचत हुने बताइएको छ । उहाँ भन्नुहुन्छ, “मिल्किङ पार्लरले केही मिनेटमा सबै दूध दुहिसक्छ ।” 

      दूध सफा बनाउनका लागि पनि मिल्किङ पार्लरले सहयोग गर्ने छ । डा झा भन्नुहुन्छ, “किसानले गोठको अरु काम सकेर दूध दुहुँदा हात सफा नहुन सक्छ तर मेसिनले गर्दा दूध सफा हुने बढी सम्भावना हुन्छ ।” धेरै पशु पाल्नेका लागि मिल्कङ पार्लर सजिलो भएको किसानले बताउँदै आएका छन् । हातले दुहुँदा किसानले दूध सबै दुहुन नसके पनि उपकरणले सबै निखार्छ । पशुपालनमा प्रयोग हुने उपकरण ग्रामीण क्षेत्रसम्म भने फैलन सकेको छैन । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d