वैशाख २३,२०८३ / ०२ : ५२ अपरान्ह / 2026-05-06 02:52 pm
      • param ad
      • furniture
      • veera Incorporation

      किसानमा लाग्ने ६१ प्रतिशत रोग पशुबाट सर्ने तथ्यांक सार्वजनिक

      - ८ वर्ष अगाडि
      फागुन १४,२०७४

      चितवन – नेपालका किसानमा लाग्ने ६१ प्रतिशत रोग पशुवाट सर्ने गरेको तथ्यांक सार्वजनिक भएको छ । पशु चिकित्सक तथा वातावरण विज्ञ र कृषि विज्ञको संस्था वान हेल्थ नेपालले सार्वजनिक गरेको तथ्यांकमा यस्तो दावी गरिएको हो ।

      नेपालमा पशुबाट मानिसमा सर्ने रोगको अवस्था निकै नै भयानक रहेको वान हेल्थ नेपालका अध्यक्ष प्रदिप गिरीले बताउनुभयो । चितवनमा रहेको कृषि तथा वन विश्वविद्यालय रामपुरमा आयोजित कार्यक्रममा गर्भपतन, क्षयरोग, श्वासप्रश्वास, पिसाव सम्वन्धि, रेविज, पाचनप्रणाली आदि सँग सम्वन्धित रोगहरु पशुकै कारणले किसाहरुमा बढि देखिने गरेको त्रिभुवन विश्वविद्यालय पशु चिकित्साशास्त्रका निर्देशक डाक्टर डिके सिंहले बताउनुभयो । उहाँले नेपालका अधिकांश किसान यस्ता समस्याबाट प्रत्यक्ष प्रभावित भएको बताउनुभयो ।

      यस समस्याका कारण किसानको स्वास्थ्यमा मात्र नभएर उत्पादनमा समेत प्रभाव पारेको विज्ञको दावी छ । कृषि तथा वन विश्वविद्यालय रामपुरका उपकुलपति आइपि ढकालले सरोकारवालालाई यसबारेमा थप अध्ययन गरेर समाधानमा लाग्न आग्रह गर्नुभयो ।

      वान हेल्थ नेपालले खाद्य सुरक्षा, पशुरोग, वातावरण, विज्ञान तथा मानव स्वास्थ्यसँग सम्वन्धित विभिन्न बिषयमा काम गरिरहेका छ । सो अवसरमा एक विश्व, एक स्वास्थ्य र एक समाधान भन्ने नाराका साथ वान हेल्थ नेपालको चौथो साधारण सभा समेत सम्पन्न भएको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d