फागुन २२,२०८० / ०८ : ५० अपरान्ह / 2024-03-05 08:50 pm
      • param ad
      • furniture
      • veera Incorporation

      सचेतना कृषि सहकारीकोे उपसमिति गठन (भिडियोसहित)

      - ७ महिना अगाडि
      श्रावण १३,२०८०

      विराटनगर, सचेतना कृषि सहकारी संस्थाको नवगठित उपसमितिका सदश्यहरुले शुक्रवार पदभार ग्रहण गरेका छन् । सचेतना कृषि  सहकारिको बिनियम २०७७ को धारा ४० अनुसार गठन भएको उपसमितिका सदश्यहरुलाई संस्थाका अध्यक्ष लोकेन्द थापाले पदभार ग्रहण गराएका हुन् । 

      गत आइतबार बसेको कार्य समितिको पहिलो बैठकले प्रबिधि तथा कृषि उपज खरिद बिक्रि उप समितिको गठन गरेको थियो । उक्त नवगठित उपसमितिका पदाधिकारीहरुमा संयोजक तारानाथ सिग्देल ,सहसंयोजक दिनेश प्रसाद दाहाल ,सचिब शंकर प्रसाद दाहाल ,कोषाध्यक्ष मिरादेबि आचार्य र सदस्य लक्ष्मि राई चयन भएका हुन् । 

      शेयर सदस्य ले उत्पादन गरेको र शेयर सदस्यलाई आवश्यता पर्ने कृषिउपजहरु अन्य बिभिन्न कृषि  सहकारिहरु संग सहकार्य गरि खरिद बिक्रिगर्ने उदेश्यले गठन गरिएको हो । कृषि सहकारीको निकट भबिष्यमा कृषकले कौशी तथा करेसाबारीमा उत्पादन गरेकोे तरकारीको थोक पसल स्थापना गर्ने उदेश्य रहेको छ ।

        सम्बन्धित समाचारहरु