भाद्र २३,२०८१ / ०९ : ०८ पूर्वान्ह / 2024-09-08 09:08 am
      • param ad
      • furniture
      • veera Incorporation

      कटहरी गाउँपालिकालाई बजार लगाउने बाटो खुल्यो

      - १ वर्ष अगाडि
      श्रावण १२,२०८०

      विराटनगर, उच्च अदालतको आदेशपछि कटहरी गाउँपालिकालाई बजार लगाउने बाटो खुलेको छ ।

      लामो समयसम्म प्रयोगविहीन भएर रहेको मोरङको कटहरी गाउँपलिका १ स्थित तरकारी तथा फलफूलको थोक तथा खुद्रा बजार सञ्चालन गर्न उक्त संरचनामा कटहरी गाउँपालिकाले साप्ताहिक हटिया लगाउने बाटो उच्च अदालत विराटनगरले खुल्ला गरिदिएको छ ।

      उच्च अदालत विराटनगरका न्यायाधीश विपुल न्यौपाने र मिलन कुमार राईको संयुक्त इजालशले विपक्षीलाई अन्तरीम आदेश दिन अस्विकार गर्दै गाउँपालिको पक्षमा नियम अनुसार काम कारवाही अगाडी बढाउन आदेश गरेको हो ।

      कटहरी गाउँपालिकाले सो संरचनामा बुध हटिया लगाउने निर्णय गरे पनि विवादको कारणले रोकिएको थियो । त्यसपछि विराटनगर ९ की ६३ वर्षीया रीता कोइरालाले निजी जग्गा मिचेर हटिया लगाएको भन्दै कटहरी गाउँपालिका, प्रमुख देवराज चौधरी, कटहरी १ का वडाअध्यक्ष हरीराज राजवंशीलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएको थियो । अदालतले निवेदकको पक्षमा अन्तरीम आदेश दिन अस्वीकार गरेसँगै कटहरी गाउँपालिकालाई हटिया लगाउने बाटो खुलेको हो ।

      चार वर्ष अघि २०७६ चैत्र ३ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरस्थित कटहरी फलफूल तथा तरकारी थोक बजारको उद्घाटन गरेका थिए । नेपाल सरकारले १५ करोड रुपैयाँ खर्च गरेर तरकारी तथा फलफूलको थोक तथा खुद्रा बजार बनाएको थियो । चार वर्ष बितिसक्दा पनि बजार प्रयोगमा नआएपछि कटहरी गाउँपालिकाले हटिया संचालनमा ल्याउने तयारी गरेको हो ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d