जेष्ठ २२,२०८० / ०६ : २० पूर्वान्ह / 2023-06-05 06:20 am

        अज्ञात रोगले बिरामी भए मनाङका चौरी

        - ३ हप्ता अगाडि
        भाद्र २१,२०७९

        हिमाली जिल्ला मनाङका चौरीगोठमा अज्ञात रोग देखिएको छ । 

        मनाङ ङिस्याङ गाउँपालिका–३ र ५ वडाका चौरी खर्कमा रहेका चौरीमा अज्ञात रोग देखिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङले जनाएको छ । केन्द्रका अनुसार खर्कका चौरी मरेको थाहा पाउनासाथ स्थलगतरूपमा नै प्राविधिक टोलीसहित स्थलगत उपचार थालिएको छ । 

        समुद्र सतहदेखि चार हजार पाँच सय मिटरको उचाइमा रहेको हिमताल क्षेत्रमा चरन खर्कमा रहेका १० चौरी मरेको केन्द्रले जनाएको छ । जिल्लामा 

        पूर्णखोप अभियान चलाउने तयारी भइरहेका बेला चौरीमा देखिएको समस्याले खोप अभियानको सञ्चालन गर्न नसकिएको केन्द्रले जानकारी दिएको छ । जिल्लाका अन्य क्षेत्रका खर्कमा रहेका चौरीमा भने यो समस्या नदेखिएको जनाइएको छ । यस रोगबाट चौरी भएमा खोप अभियान सञ्चालन गरिने विज्ञ केन्द्रले जनाएको छ । 

        भ्राकाको आइसलेकस्थित १५ पशु बिरामी परेकामध्ये १० मरेको जनाइएको छ । त्यस्तै ङिस्याङ गाउँपालिका–८ टङ्कीस्थित प्रिप्चे चरन क्षेत्रमा रहेका बिरामी आठ चौरी मरेका छन । हालसम्म ४२  चौरी बिरामी परेकामध्ये ३० मरेका छन । 

          सम्बन्धित समाचारहरु