वैशाख ७,२०८३ / ०९ : २० पूर्वान्ह / 2026-04-20 09:20 am
      • param ad
      • furniture
      • veera Incorporation

      बालबालिकालाई जंक फुड खुवाएर स्वास्थ्यमाथि खेलबाड नगरौं (भिडियोसहित)

      - २ हप्ता अगाडि
      कार्तिक १४,२०८२

      पछिल्लो समय हामीले विद्यालय जाने स—साना नानीहरुले पावरवाला चश्मा लगाएको देख्छौं । यो रहर होइन उनीहरुको बाध्यता हो । बद्लिदै गएको हाम्रा दैनिकी, खानपिन र रहनसहनको कारण ससाना नानीहरुमा त्यसको गम्भिर असरहरु देखिन थालेका छन । तर ससाना नानीबाबुहरुले आफ्नो समस्या खुलेर राख्न नसक्ने भएकै कारण कतिपय समस्याहरु निकै गम्भिर भएपछि मात्र अभिभावकले थाहा पाउने गरेका छन । बालबालिका मुलुकको भविष्य हुन । त्यतीमात्र होइन उनीहरु मुलुकको सक्षम जनशक्ती हुन । 

      तर समयमा नै उनीहरुको स्वास्थ्य र खानपिनमा ध्यान पु¥याउन सकिएन भने एउटा सुन्दर फूल फुल्नै नसक्ने गरि समस्याहरुको जालमा घेरिन सक्छ । त्यसैले अभिभावक, नातेदार, विद्यालय तथा अन्य संम्बन्धित निकायहरुले पनि  बालबालिकालाई सक्षम र निरोगी बनाउन सबैभन्दा पहिले पोषण युक्त खानेकुरामा ध्यान दिनुपर्छ । अझ स्वस्थ्य र पोषिलो खाना बिशेष त किसानले उत्पादन गरेका अर्गानिक कृषिजन्य खानेकुराबाट नै बन्ने भएकाले आजको समयमा बालबालिकालाई कृषिसंग जोड्नु आवश्यक छ । 

      बालबालिकाले कृषि र कृषि उत्पादनको महत्व बुझेपछि यसले उत्पादनको खपत पनि बढाउने र जंक फुडको सट्टा कृषि उत्पादन प्रयोग गर्ने भएकाले किसानहरु पनि प्रत्यक्ष लाभान्वित हुने छन् । वास्तवमा बालबालिकालाई कृषि सम्बन्धि विभिन्न गतिविधिहरूको माध्यमबाट कृषकको महत्व र योगदानलाई बुझाउन सकियो भने बालबालिकामा कृषक प्रति सम्मान र आकर्षण बढाउँछ । जसले उनीहरु अर्गानिक र पोषणयुक्त खानामा आकर्सित हुँदै जान्छन् । बालबालिकाहरूको शारीरिक र मानसिक विकास तथा दिमागको पूर्ण विकास पाँच वर्षसम्ममा भइसक्ने भएकाले पोषणयुक्त खानपान निकै महत्वपूर्ण हुन्छ । तर यो सबै महत्वपूर्ण कुरा बाट अहिलेको समयमा बालबालिकाहरु टाढै बस्नुपर्ने बाध्यता सृजना हुन थालेको छ । 

      आधुनिक बन्ने नाममा उद्योगबाट प्याकिङ गरि बजारमा पठाईएका केमिकल मिश्रीत खानेकुराभन्दा आफ्नै खेतबारीमा उब्जनी गरिएका खानेकुराहरु उत्तम हुन्छन अनि त्यसले बालबालिकाको मानसिक र शारिरिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ भन्ने हामी सबैले बुझेर बालबालिकालाई पनि त्यसका बारेमा बुझाउन जरुरी छ । खासगरी, बच्चाहरू फास्टफुड र जंकफुड खान रुचाउँछन् । तर, यस्ता खानेकुराबाट बच्चालाई टाढा राख्नुपर्छ । किनकि, यस्ता खाद्यान्नमा अत्यधिक नुन, स्याचुरेटेड फ्याट, चिनी, कम मात्रामा फाइबर लगायत पाइने भएकाले बच्चाको वृद्धि विकासमा असर पुग्छ  त्यसैले यसमा अभिभावकले विशेष ध्यान दिनुपर्छ । सानैदेखि स्वस्थ खानेकुरा मात्रै लिने बानीको विकास बच्चामा गराउनका लागि अभिभावकको मार्गनिर्देशन निकै महत्वपूर्ण रहने चिकित्सकहरुले बताउदै आएका छन् ।

      पछिल्लो समय हरेक विद्यालयहरमा बालबालिकाहरुलाई खाजामा जंकफुड नै समावेश गराउने पाइन्छ । प्राय जसो बालबालिकाहरुको अधिकांश समय विद्यालयमा नै बित्ने भएकाले बिशेषत पोषणयुक्त खानामा जोड दिन विद्यालयहरुले अनिवार्य गर्नुपर्ने हुन्छ । तरपनि कतिपय त्यस्ता विद्यालयहरु पनि छन् जसले बालबालिकाहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै स्वस्थ र पोषणयुक्त खाना खुवाउने गरेका छन् ।  

      घरमा भएको बारी, करेसाबारी, कौशी खेतीको माध्यमबाट बालबालिकालाई फलफुल र तरबारीको बारेमा जानकारी दिने र ती तरकारीबाट शरिरलाई प्राप्त हुने तत्व र त्यसले गर्ने फाइदाको बारेमा प्रयोगात्मक अभ्यासमा लगाउन आवश्यक छ । विद्यालयहरुले पनि आफ्नो विद्यालयको फुलबारीको केही हिस्सामा बालबालिकालाई प्रत्यक्ष संलग्न गराएर फलफुल र तरकारीको बारी बनाएर उनीहरुलाई उत्पादन गर्न सिकाउने गर्नुपर्छ । जसले विद्यार्थीले घोकाएको भन्दा अभ्यासको माध्यमबाट राम्ररी सिक्न सक्छन् ।

      भविष्यका कर्णधार आजका बालबालिका नै हुन् त्यसैले जरा देखिनै मलजल गर्नु पर्छ भन्ने कुरालाई ध्यानमा राख्दै बालबालिकालाई कृषि सम्बन्धि विभिन्न गतिविधिहरूको माध्यमबाट आकर्षण बढाउनुपर्छ । जसले उनीहरु अर्गानिक र पोषण खानामा आकर्सित हुँदै जान्छन् । जस्तै पछिल्लो समय कतिपय विद्यालयहरुले सैद्धान्तिक शिक्षासंगै व्यावहारिक शिक्षामा पनि बच्चाहरूलाई प्रत्यक्ष रुपमा सहभागि गराउने अभ्यास गर्दै आएका छन् ।

      कृषिको विकासमा विभिन्न तारे होटलहरुमा लाखौं खर्च गरेर कार्यक्रम गरेपछि त्यसले बास्तबिक किसानको जीवन स्तर उकास्ने गरि प्रभावकारी काम गरेको देखिन्न । त्यस्तै बालबालिकाको क्षेत्रमा पनि करोडौं रुपैयाँ खर्च गरिदा पनि बालबालिकाहरु कुपोषणको शिकार बनिरहेका छन । यो परिवेशमा पोषण युक्त खानेकुरा जसले बालबालिकाको स्वास्थ्यलाई मजबुद बनाउन भूमिका खेल्छ र कृषि उपजलाई नै प्रयोग गर्नुपर्छ भन्ने सन्देश प्रवाहित गर्न वा बालबालिकालाई प्राथमिक तहबाटै सिकाउन शिक्षण पद्धतीमा प्रयोगात्मक अभ्यासलाई लागु गराउन कृषि मन्त्रालयको योजना यस्तो छ । 

      बालबालिकालाई जंकफुड तर्फ आकर्षित गर्ने विज्ञापन र प्रचारप्रसार सामाग्रीबाट जंकफुड खानुभन्दा प्राकृतिक फलफुल बढी पोषक युक्त हुन्छन भन्ने पनि संगै प्रचार प्रसार गरिनुपर्ने नियम लगाउनु पर्छ । बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने प्रोसेस फुडहरुलाई निरुत्साहन हुने गरि प्रचार प्रसार सामाग्री निर्माण गर्ने वा त्यहि प्याकेटमा यो खानेकुरा भन्दा प्राकृतिक फलफुल र सागसब्जी स्वास्थ्यलाई लाभदायक छन् भन्ने उल्लेख गर्ने बिषयमा सम्बन्धित निकायले ध्यान दिनुपर्छ । बालबालिकाको भविष्यसंग जोडिएको महत्वपुर्ण यो बिषयमा स्वास्थ्य मन्त्रालयको धारण यस्तो छ । 

      बालबालिका र कृर्षिको क्षेत्रको विकासका लागि करोडौं खर्च गरेर तारे होटलहरुमा कार्यक्रम गरेपनि बालबालिका कुपोषणको शिकार बनिरहेका छन भने कृषि उत्पादनको बारेमा प्राथमिक तहदेखी नै विद्यालयमा त्यसको महत्वका बारेमा प्रयोगात्मक ज्ञान नदिदा विद्यार्थीहरु दैनिक रुपमा जंक फुड खाएर बिरामी परिरहेका छन । राज्यले लगानी गर्ने क्षेत्र पहिचान नगर्दा लाखौं बालबालिकाको भविष्य अन्यौल पर्ने त छदैछ देशले एउटा सबल र स्वास्थ्य नागरिक बनाउने बिषयमा पनि चुकि रहेको छ । त्यसैले जंग फुडलाई निरुत्साहन गर्दै आफ्नै खेतबारीमा उत्पादन भएको अग्र्यानिक खानेकुरा फलफुल र तरकारी खान प्रोत्साहन गर्ने गरि अभियान संचालन गर्न आवश्यक देखिन्छ ।  

      सिता थापा प्रबन्ध निर्देशक & सम्पादक चिनारी मिडिया



        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d