जेष्ठ २२,२०८० / ०६ : ४१ पूर्वान्ह / 2023-06-05 06:41 am

        नक्कली शरणार्थी प्रकरण : सरकारी वकिलद्धारा गरियो मुद्दा दर्ता

        - एक हप्ता अगाडि
        जेष्ठ १०,२०८०

        काठमाडौ, नक्कली भुटानी शरणार्थी प्रकरणमा पहिलो ब्यक्ति पक्राउ परेको ६० औ दिनमा प्रकरणमा मुछिएका ३० जना बिरुद्ध अदालतमा दायर भएको छ । पक्राउ परेका १६ जनासहित फरार रहेकाहरूलाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दर्ता गरेको हो ।  

        दुई महिनाको अनुसन्धानपछि प्रहरीले सरकारी वकिल कार्यालयलाई सोमबार प्रतिवेदन बुझाएको थियो सो प्रतिवेदनको अध्ययनपछि सरकारी वकिलले मुद्दा दायर गरेका हुन् । 

        प्रतिवादीविरुद्ध नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिकासहित तेस्रो देश पठाउन रकम असुली गरी ठगी गरेको अभियोगमा मुद्दा दर्ता भएको हो । त्यस्तै, लिखत किर्तेसम्बन्धी कसुर, राज्यविरुद्धको अपराध र संगठीत अपराधमा मुद्दा दायर भएको छ ।

        यो प्रकरणमा एमाले नेता तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी, कांग्रेस नेता बालकृष्ण खाँण, पूर्वसभासद आङटावा शेर्पा, गृह मन्त्रालयका तत्कालिन सचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत ३० जनाविरुद्ध मुद्दा दर्ता गरिएको हो । मुद्दा दर्ता गरिएकामध्ये १६ जना पक्राउ परेका छन् भने १४ जना फरार छन् ।


          सम्बन्धित समाचारहरु